Section 39
सुझाव दिन सक्ने
(१) आयोगको काम कारबाहीको सिलसिलामा वा आयोगद्वारा आयोजित गोष्ठी, सेमिनार वा छलफलबाट प्राप्त निष्कर्षको आधारमा स्वच्छ र स्वतन्त्र निर्वाचनका लागि विद्यमान नीति वा प्रचलित कानूनमा सुधार गर्न आवश्यक देखिएमा आयोगले
सम्बन्धित निकायलाई सुझाव दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम दिइएको सुझावको विवरण आयोगको वार्षिक प्रतिवेदनमा समावेश गर्नु पर्नेछ ।